अप्रेसन खबर

Operation Khabar

पाठ्यपुस्तक पुग्यो सेनिटरी प्याड् पुगेन

0
SHARES
0
VIEWS

जेठ ९ कालिकोट । शुभकालिका गाउपालिका वडानं. २ स्थित कालिका मावि बालाचौरमा पाठ्यपुस्तक पुगेको तर सेनिटरी प्याड् नपुगेको बिधार्थिको गुनासो छ । बिधार्थि भर्ना, पाठ्यपुस्तक दिवाखाजा, छात्राबृती, समुदायको सहभागीता, शैक्षिक सामाग्रि, शिक्षकहरुको तयारी तथा नियमितता र शैक्षिक गुणस्तरका बिषयमा आधारीत रेडियो बहश कार्यक्रममा साे कुरा खुलको हो ।

रेडियो बहसमा कालिका मावि बालचौरमा सौचालय, खानेपानीको चरम अभाव रहेको बिधार्थिले गुनासो गरेका छन् । बिषयगत शिक्षक नभएका कारण नियमित पढाईमा बाधा पुगेको जनाएका छन् । बिद्यालयमा खेलमैदान अभावका कारण खेलसामाग्री बिद्यालयले उपलब्ध नगराउने गरेको कक्षा १० का बिधार्थि कमल बहादुर बिश्वकर्माले बताए । कमल बहादुर बिश्वकर्माको दलित, फरक क्षमता भएका ब्यक्ति,जनजाती अल्पसंख्यक बर्ग समुदायका बिधार्थिहरुलाई उच्च शिक्षा सम्म निशुल्क शिक्षा प्रदान गर्ने भनिएपनि शुल्क बिद्यालयले लिइरहेकाले यसको तत्काल सुनुवाई गर्नु पर्ने भनाई छ ।

छात्रा सम्झना अधिकारीले रेडियो बहसमा प्रश्न सोध्दै भनिन् पालिका उपाध्यक्षकोष बाट सेनिटरी प्याड र भेन्टिङ्ग मेसिन बिद्यालयमा उपलब्ध गराउने भनिएपनि हाल सम्म मेसिन त के सेनिटरी प्याडनै उपलब्ध नगरेको  दुखेसो पोखिन् । बिधार्थिको दिवा खाजा गाउपालिकाले बर्षको एक पटक मात्र उपलब्ध गराउने भएकाले दैनिक बिधार्थिहरुलाई खाजा खुवाउन नसकेको बिद्यालयका प्रधानाध्यापक सरस्वती बस्नेतले बताइन् । बिधार्थि र बिद्यालयको अबस्थालाई मध्य नजर गर्दै तत्काल एक हप्तामै खानेपानी र जेठ महिना भित्र घेरवारको काम पुरा गर्ने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनसिंह कामिले प्रतिवद्धता गरे ।

रेडियो बहसमा वडासरकारले बालबालिकाको क्षेत्रमा बजेट न्युन बिनियोजन गरेका कारण बालबालिकाहरुको क्षमता अभिबृद्धि नहुनु, सिप बिकास नहुनु प्रमुख कारक रहेको बिधार्थिले गुनासो गरेपछि वडाअध्यक्ष मनबहादुर शाहीले कालिका मावि बालाचौरको समस्या समाधान गर्न वडा सरकार निरन्तर लागि परेकाे बताए । बिधालय बनाउन बिब्यस र बिधालय प्रशासनले समयमै सोच्नु पर्ने हाे तर यहाँ अरुको मुख ताक्ने बानीले समस्या गरेकाे बताए । वडाअध्यक्ष शाहीका अनुसार बिद्यालयलाई के चाहिन्छ त्यसका लागि आफु सँधै तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी छात्राहरुले आफुहरु महिनावारी भएको बेला बिद्यालय आउन गाहाे हुने गरेको गुनासो गरेका छन् । सेनिटरी प्याडको अभावमा छात्राहरुको अनुपस्थितीको दर बढेको भन्ने गुनासो आएपछि गाउपालिकाका उपाध्यक्ष धर्मा शाहीलाई हामीले सोधेउ उपाध्यक्ष कोषबाट उपलब्ध गराउने प्याडको अभाव कालिका मावि बालाचौरमा किन भन्ने प्रश्नमा उपाध्यक्ष शाहीले यो बर्ष आर्थिक अभावका कारण मेसिन उपलब्ध गराउन नसकेपनि आउने आर्थिक बर्षमा मेसिन उपलब्ध गराउने प्रतिबद्धता गरिन् । यसका साथै सेनिटरी प्याड पालिकाको स्टोरमा खवर गरे उपलब्ध गराउन सक्ने उपाध्यक्ष शाहीले बताइन् । बिधार्थि स‌ख्या बढि भएको कालिका माबि बालाचाैरमा सरकारकाे ध्यान बिधालय भवनमा पुगेपनि घेरवार जालि खानेपानी नपुगेको बिधार्थिको गुनासाे छ ।

बिधार्थि अनिता अधिकारीले शुभकालिकामा गाउपालिका उपाध्यक्षले हाम्रो बिधालयलाइ मात्र भेन्टि‌ग मेसिन नदिनुमा दुख लागेको बताइन् । रगतका टाटा बोकेर छात्राहरु बिधालयमा आउनु पर्ने बाध्यता कहिले हट्छ भन्दै आफ्नो प्रश्न गाउपालिका उपाध्यक्षलाइ सुनाइदिन अनुराेध समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित