जेष्ठ ८ कालिकोट । जिल्लाको खुलालु पुल नजिकै रहेको डरलाग्दो खाल्डोमा अल्पकालिन पिसिसि गरी सडक निर्माण गरिएको छ । कर्णाली कोरिडोर दक्षिण खण्ड खुलालु सल्ली सल्ला योजना अन्तरगत कर्णाली नदीको खुलालु पुल नजिकै बाँया तर्फको सडकको अल्पकालीन समाधानका लागि सडकमा रहेका ठुला दुई वटा खाल्डाहरुमा ढंगा सोलिङ गरी क्रंक्रिट ढलान गरिएको हो ।
कोरिडोरको खुलालु पुल नजिकै बाँया तर्फ रहेको खाल्डामा सवारि साधानलाई गाहे मात्रै होइन मानिसलाई हिड डुल गर्न गाहे हुने गरेको थियो । सो खाल्डोमा फोरविल गाडी मात्र कठिनपुर्ण तरिकाले क्रस गर्ने गरेपनि सवारी आवागमनमा कष्टकरनै भएको जिल्लाबासीको गुनासो आएपछि सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्ट मार्फत सहयोगको अपेक्षा गरेको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार समय समयमा गरेको आग्रहलाई सडक डिभिजन कार्यालय जुम्लाले स्विकार गरी कार्य सम्पन्न गर्न सहयोग गरेकोमा धन्यबाद समेत दिनुभयो । यसैगरी डरलाग्दो खाल्डोमा पिपिसि गर्न केही सहयोग सडक डिभिजन कार्यालयले गरेपनि समाजसेवी तथा निर्माण ब्यबसायी मानव बमको पनि अतुलनिय योगदान रहेको प्रमुख जिल्ला अधिकारी माझीले बताउनुभयो ।
निर्माण ब्यबसायी तथा समाजसेवी मानव बमका अनुसार आफुले पनि पटक पटक सडक डिभिजन कार्यालय जुम्लाको ध्यान केन्द्रित गर्न पहल गरेको बताउनुभयो । बमले थप्नुभयो यतिवेला सडकको डि दिपेन्द्र बिष्टका कारण सो खाल्डो पुर्न सहयोग पुगेको र आफ्नो पनि देन रहेको बताउनुभयो। यता जिल्ला प्रशासन कार्यालय कालिकोटले जारी गरेको सुचना अनुसार जेष्ठ १० गते बिहान देखी मोटर साइकल सञ्चालनमा ल्याइने र ठुला सवारी साधानहरु एक हप्ता पछि सञ्चालनमा ल्याइने बताइएको छ ।
Discussion about this post