अप्रेसन खबर

Operation Khabar

हावाहुरीले विद्यालयको छाना उडायो

0
SHARES
0
VIEWS

बैशाख ३१ कालिकोट  – आइतबार वेलुकि चार बजे चलेको भिसण हावाहुरिले कालिकोटका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । यसैगरी आएको हावाहुरिले शान्नित्रिवेणी गाउँपालिका १ लुसामा रहेको अम्बिका देवि आधारभूत विद्यालयको भवनको छाना उडाएको हाे ।

छाना उडाउदा स्कुलमा रहेका कम्युटरदेखि सोलार पाता तथा अन्य बिधालय निर्माणका लागि राखिएको सिमेन्ट लगाएतका बिधालयका सामाग्रीमा क्षति पुर्‍याएको विद्यालयका प्रधानाध्यापक पञ्चकुमार सुवेदीले जानकारी दिनुभयो ।

हावाहुरिले जिल्लाका अन्य क्षेत्रमा पनि क्षति पुराएको छ प्रधानाध्यापक सुवेदीका अनुसार बिधालय भवन छाएका सवै टिनका पाताहरु हुरीले उडाएर लिएको र बिधालयका पर्खालहरु समेत भत्काएको जानकारी दिनुभयो । मुस्किलले बनाएको बिधालय एक छिनको हावाहुरीले सवै नष्ट गरेपछि अब बिधालयमा अध्यानरत बालबालिका हरुको पढाइमा बाधा हुने बताउनुभयो ।

सम्वन्धित सरोकारवाला तथा स्थानीय तहका जनप्रतिनिधि र जिल्ला विपद समितिको ध्यान पुर्याउनु पर्ने अनुरोध समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित