बैशाख २९ कालिकोट – जिल्लाको महावै गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ गाउपालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महावै गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो ।
गाउपालिका अध्यक्ष खेमबहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सहभागिहरुले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्वता गरेका थिए । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य सेवा ब्यबस्थापक कटक महत र गाउपालिका अध्यक्ष सिंहले संयूक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गर्नु भएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका लेखा अधिकृत मुनबहादुर रावल, गैर सरकारी महासंघ कालिकोटका उपाध्यक्ष राजेन्द्र शाही, पत्रकार बिश्वनाथ सिम्खाडाको सहभागिता रहेको थियो ।
पालिकाका सवै वडाहरुमा रुवेला र दादुरा लगाएत सवै खोप बालबालिकाले पाइसके पछि यसको नियमित्तता र दिगोपनका लागि महावै गाउपालिकालाई पुर्ण खोपयुक्त गाउपालिकाको रुपमा घोषणा गरिएको बताइएको छ । कार्यक्रममा पालिका भरिका महिला स्वास्थ्य स्वयमसेविका लगाएत जनप्रतिनिधि र गाउपालिकाका कर्मचारीहरुको बाक्लो सहभागिता रहेको थियो ।
Discussion about this post