अप्रेसन खबर

Operation Khabar

बालबालिका क्षेत्रको बजेट बिनियोजन तथा कार्यन्वयनको अबस्था बिषयक सार्वजनिक सुनुवाई

0
SHARES
0
VIEWS

बैशाख २९ कालिकोट । बालबालिका क्षेत्रको बजेट बिनियोजन तथा कार्यन्वयनको अबस्था बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आइतवार सम्पन्न भएको छ । शुभकालिका गाउपालिका वडानं. ७ स्थित पञ्चकालिका माविको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । वडाअध्यक्ष प्रेमबहादुर शाहीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडाका सरोकारवाला निकाय तथा बिधार्थि, शिक्षक, कर्मचारी, स्थानीयबासि, दलित, महिला, बालबालिका, तथा बाल सरोकारवालाहरुको उपश्थिती रहेको थियो ।

वडा सरकारले बालबालिकाको क्षेत्रमा गरेको बजेट बिनियोजन प्रणालिका बारेमा सोधखोज गर्ने, कार्यन्वयनको अबस्थाका बारेमा लक्षित बर्गहरुलाई जानकारी गराई आगामी दिनमा बालबालिकाको बजेट बालबालिकाहरुमानै खर्च गर्ने उद्धेश्यले बजेट बिनियोजन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । आर्थिक बर्ष २०८०।०८१ मा बालबालिकाको क्षेत्रमा बजेट पुर्ण रुपमा बिनियोजन गर्ने, वडानं. ७ लाई बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि वडा सरकार नियमित्त रुपमा लागि पर्ने र ५ वटा क्षेत्र र ५१ वटा सुचक माथि ध्यान पुर्याइ निकट घडिमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने वडा अध्यक्ष प्रेमबहादुर शाहीले प्रतिबद्धता गर्नुभयो ।

उक्त रेडियो बहश तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पञ्चकालिका माविमा अध्यानरत छात्रा, छात्रहरुका लागि हाल सौचालयको ब्यबस्था नभएकाले तत्काल सौचालयको ब्यबस्था गर्ने र चर्पि निर्माणको क्रममा ७ लाख रकमको दुरुपयोग भएको जनताको आवाज उठेकाले तत्काल अनुगमन समिति निर्माण गरि लेखा जोखा तथा खोजतलास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वडाअध्यक्ष शाहीले सवै ७ नम्वर वडाबासीले साथ दिन समेत अनुरोध गर्नुभयो । पञ्चकालिका माविमा निर्माण गरिएका चर्पि प्रयोग बिहिन छन् । बिधार्थिहरु खेतबारीमा गयर दिशा पिसाव गर्ने गरेका छन् भने रजस्वाला भएका छात्राहरुलाई निक्कै गाहे हुने गरेको बालक्लवका भाईबहिनिहरुको गुनासो छ ।

सामुहिक प्रतिबद्धता गर्ने क्रममा बालबालिकाहरुको क्षमता पहिचान गरि उनिहरुको बासंबिसका बिषयमा आगामी दिनमा घरमा पनि ध्यान दिन्छौ भन्दै उपश्थित अभिभावकहरुले सामुहिक प्रतिबद्धता गरेका छन् । वडाअध्यक्ष शाहीका अनुसार बालबालिकाहरुलाई यदी चोटपटक लागेको अबस्थामा उपचार कोषको ब्यबस्था गरेको, एसईइमा उत्कृष्ट छात्र छात्रालाई रु १० हजार पुरुस्कार समेत दिने गरेको, राम्रो अंक ल्याउने ७ नम्वर वडाबासीका बालबालिकाहरुलाई उच्च शिक्षा अध्यानका लागि वडाले पढाउने समेत गरेको बताउनुभयो ।

वडाको अबस्था
जिल्लाको शुभकालिका गाउपालिका वडानम्वर ७ मा ३ सय ६० वटा घरधुरी रहेका छन् । जस्मा १६ सय ६२ जनसंख्या मध्य ८ सय १६ जना महिला रहेका छन भने ८ सय ४६ जना पुरुष रहेका छन् । ८ सय ५१ जना मतदाता संख्या रहेको वडामा महिला ८ सय १६ र पुरुष ८ सय ४६ जना रहेका छन् । शुभकालिका गाउपालिकाको वडानम्वर ७ मा फरक क्षमता भएका वा जोखीममा रहेका बालबालीकाहरु ३३ जना मध्य अति जोखिममा रहेका ८ जना बालबालीका छन् । जस्को अबस्था अतिनै दयनीय रहेको वडा सचिव तथा स्वास्थ्यकर्मी कुमालले बताउनुभयो ।

यसैगरी वडामा ७० बर्ष भन्दा माथिका बृद्ध बृद्धाहरुमा ६० जना रहेका छन् जस्मा पुरुष २५ र महिला ३५ जना छन् । यस्तै ६० बर्ष देखि ६९ बर्ष सम्मका बृद्ध बृद्धाहरुमा ८९ जना रहेका छन् भने जस्मा पुरुष ५४ र महिला ३५ रहेका छन् । शुभकालिका वडानं. ७ बासीले धर्मकर्म र रितिथितीका बिषयमा पनि धेरै चासो दिने गरेको पाइएको छ । त्यहाँ देवी देवतामा पनि विस्वास गर्नेहरुको उत्तिकै जमात छ । शो वडा बासीले मान्य देवतामा मुख्य देवता महादेव ( कालिका, खापर, गणेशदेव, मष्टो, धाइडे, धवलपुरो, कुलदेव, देउति बजै, पिरथिमि बजै, दाहालदेव त्रिजुगे, जगन्नाथ, खोदाई, नैनलदेव, कुमाई, स्टदेव रहेको स्थानीयबासीहरुको भनाई छ ।

त्यहाँ बसोबास गर्ने जातजातीहरुमा जात : ब्रामणमा ( भट्रराई, न्यौपाने, उपाध्याय, जैसी
क्षेत्रीमा : ठकुरी ( कलेल, राष्कोटि, दलितमा : (बिस्वकर्मा, परियार,कुमाल, भियाँल, कामी, दमाई, सुनार रहेको भुपु प्रधान दलबहादुर शाहीले बताउनुभयो । अप्रेसन खवर मार्फत सोही वडाबाट नेपाल सरकारको सिन्दुर पहिरिनेहरु को कति छन् भन्ने अनुमान तथ्यांक समेत हामीले सार्वजनिक गरेका छौ । जस्मा
आर्मि : ६ (महिला १, पुरुष ५)
प्रहरी : २ (महिला १, पुरुष १)
शसस्त्र : १ (निविर्त प्रहरि)
अनुशन्धान प्रहरी : १ जना पुरुष
निजामति हरुमा :
शिक्षा तर्फका : १३ जना (४ महिला ९ पुरुष )
स्वास्थ्य तर्फका निजामति : ५ जना (महिला १, पुरुष ५)
प्रशासन तर्फ
कृषि : २ महिला १ पुरुष १
हुलाक : १ जना पुरुष
बिद्यालय : २ वटा पञ्चकालिका मावि, जनजागृति आबि रहेका छन् ।

आधारभुत स्वास्थ्य केन्द्रमा : दरवन्दि छैन स्थायी कर्मचारी २ वटा छन् जस्मा सि. अनमि अहेव, करार कार्यरत छन् वडामा बर्थिगंसेन्टर नभएर गर्भवति महिलाहरु अति जोखिममा हुने गरेको जनाइएको छ । शुभकालिका गाउपालिकाको वडानं. ७ मा स्थानीय लाइन लघु जलबिद्युत्त छ । भोलेटागाड, ३८ किलो वाट साँझ ६ बजे देखि १२ बजे सम्म बिहान ४ बजे देखि ६ बजे सम्म दिउसो १० बजे देखि १ बजे सम्म जलाउने गरेको बताइएको छ ।
अन्न बालिहरुमा : गँहु मकै, जौ, कोदो, भट्रमास, सिमि, आलु (निर्यात मकै भट्रमास, जौ कोदो फल्ने गरेको कृषकहरुको भनाई छ ।

फलफुलमा : सुन्तला आँप केरा आरु अंगुर उखु हुने गरेको जनाइएको छ । सिंह दरवारको अधिकार गाउमा आयो भने पनि खासै बृद्धबृद्धा बालबालिकाहरुले त्यो महसुष गर्न अझै पाइरहेका छैनन् । सामाजिक सुरक्षा भत्ता गाउ पालिकाको कार्यालय सुकाटियामा रहेको कृषि बिकास बैंकमा धाउनु पर्ने बाध्यता छ । गाउपालिकाकाले त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता हाल्नु पर्ने भएपनि नियमित्त रुपमा खातामा नआउने गरेको बृद्धबृद्धाहरुको गुनासो छ । पहिलेको दरमा बालविवाह गर्नेहरुको संख्यामा केही कमि आएपनि लुकि छिपि वालविवाह गर्नेहरु अझै कायम रहेको बालक्लवका भाई वहिनिहरुको भनाई छ । यही बैशाखमा बालविवाह हुन लागेको बालक्लवले रोक्यो । तर अर्को बालविवाह दलित समुदायमा भएको एक वाल विवाहलाई फर्काउन नसकिएको बाल अभियान्ता रविन्द्र उपाध्यायको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित