बैशाख २२ कालिकोट । कर्णाली जेसीज कालिकोटले शुक्रबार साँझ सदरमुकाम मान्ममा २५६७ औं बुद्ध जयन्तिको शुभअबसरमा दिप प्रज्वलन गरेको छ । शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको २ हजार ५ सय ६७ बर्ष पुगेको दिनको सम्झनामा दिप प्रज्वलन गर्दै जिल्लाबासीको घर आगनमा शुख सान्ति र समृद्धिका लागि गौतमबुद्धको बास होस भन्दै बुद्ध जयन्तिको अबसरमा दिप प्रज्वलन गरिएको हो । कर्णाली जेसीज कालिकोटका बर्ष २०२३ का अध्यक्ष जसी हरी प्रसाद पाण्डेको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको प्रमुख आतिथ्यतामा जिल्लाको सदरमुकाम मान्ममा रहेको प्रतिमाचोकमा मैनबत्ति जलाएर दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा सम्सेर गुल्मका गुल्मपति आसिष भण्डारी, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक मित्रलाल श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत मित्यानन्द ढुंगाना, निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुवराज बम, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, तिला कर्णाली बहुमुखि क्याम्पसका सभापति हिक्मत सिंह, स्वास्थ्यकर्मी संघ कालिकोटका अध्यक्ष मिन बहादुर बुढा, प्रेस चौतारी कालिकोटका अध्यक्ष बिस्वनाथ सिमखाडा लगाएतका अतिथिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बर्ष २०१६ का अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले एक बर्ष, एक पद, एक ब्यक्तिको रुपमा नेतृत्व हस्तान्तरण गर्ने एक मात्र नमुना युवा संगठन नेपाल जेसीजले युवाहरुलाई बिधिको शासनको अबलम्वन गराउदै ब्यक्तित्व क्षमता बिकासका लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले यस्तो युवा संगठनले बुद्ध जयन्तिको शुभअबसरमा दिप प्रज्वलन गरि समाजमा रहेको असान्ति हटाउदै शान्तिको बिउ छर्न कर्णाली जेसीजले भुमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले समाजमा रहेको बिद्यमान बिकृति बिसंगतिलाई न्यूनिकरण गर्न कर्णाली जेसीजले खेलेको भुमिका अतुलनिय रहेको बताउनुभयो ।
यसैगरी गौतम बुद्ध जन्मेको शुभअबसरमा दिप प्रज्वलन कार्यक्रम मार्फत जिल्लाबासीहरुमा शान्ति अमनचयनका लागि महत्वपुर्ण सकारात्मक शन्देस प्रवाह गरेकाले जिल्ला प्रशासन कार्यालयको तर्फबाट कर्णाली जेसीजलाई धन्यबाद ब्यक्त गर्नुभयो । कार्यक्रमका सभाअध्यक्ष तथा बर्ष २०२३ का अध्यक्ष जेसी हरी प्रसाद पाण्डेले युवाहरुको ब्यक्तित्व बिकास गराई क्षमता अभिबृद्धि गर्नुका साथै बोल्ने कला र सिप बिकासमा कर्णाली जेसीजले बिगत सन २०१२ देखी कालिकोटमा अतुलनिय योगदान गरेको स्पष्ट पार्नुभयो ।
१८ बर्ष देखि ४० बर्ष मुनिका सम्पुर्ण युवाहरुलाई गोलबन्द गरी समाज बिकासको अभियानलाई तिर्वता दिने भएकाले जिल्लाबासी सम्पुर्ण युवाहरु एक ठाउमा आउनु पर्ने बताउनुभयो । जतिवेला शरिरमा शक्ति हुन्छ त्यतिवेला युवाहरुले सकरात्मक सोचको बिकास गरी समाजमा रहेका बिकृति बिसंगति जस्तै बालविवाह, बहुविवाह, जातिय छुवाछुत तथा छाउपडि पर्था, महिला हिंसा बाल दुरब्यबहार जस्ता अपराधिक क्रियाकलापलाई न्युनिकरण गर्न नलागे शक्तिको दुरुपयोग हुने बताउनुभयो । बर्ष २०२३ मा यस्तै थुप्रै कार्यक्रमहरु सम्पन्न भैसकेको र आगामी दिनमा यस्ता थुप्रै कार्यक्रमको आयोजना गर्ने कार्यक्रमका सञ्चालक जितेन्द्र प्रताप मल्लले बताउनुभयो ।
फोटो फिचर :- तस्वीर लिलराज सज्याल
Discussion about this post