बैशाख २२ कालिकोट । नेपाल सरकारले नेपालका ७६ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गरेकाे छ । कालिकोट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भए यता जिल्ला बासिलाई सहज भएको सान्नित्रिवेणी गाउपालिका वडानं. ६ का धर्मराज धामीले बताउनुभयो ।
धामीले थप्नुभयाे आफ्नाे घरपरिवारको स्वास्थ्य बिमा गरे यता आफ्नो श्रीमती राति माटाे ल्याउन जाँदा ढिस्काेले च्याप्दा ढाड भाँचिएपछि कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि जाँदा सहज भएको बताउनुभयो । आर्थिक अबस्था कमजोर भएका कालिकोट जिल्ला बासिहरुका लागि स्वास्थ्य बिमा कार्यक्रमले राहात दिएको बताउनुभयो ।
स्वास्थ्य बिमा कार्यक्रमका जिल्ला संयाेजक मिनबहादुर बुढाका अनुसार ४८ हजार १ सय ७२ जना बिमित रहेकाे जनाएको छ । जस्मा २४ हजार ९ सय ७४ जना पुरुष रहेका छन भने २३ हजार १ सय ८९ जना महिलाले बिमित गरेकाे बताउनुभयो । स्वास्थ्य बिमा दर्ता सहयोगी मार्फत बिमा गरि स्वास्थ्य बिमामा आएर इन्ट्रि गरि सेवा प्रदान गर्ने गरेकाे बुढाले बताउनुभयो ।
एक घरपरिवारका ५ जना बराबर १ लाख सम्मको अौषधी सेवा प्राप्त गर्ने बताइएको छ । स्वास्थ्य बिमा गरेकाहरुले कर्णाली प्रदेशका सरकारि अस्पतालमा मात्र सेवा पाउनसक्ने जनाइएको छ ।
Discussion about this post