बैशाख १५ सुर्खेत । नरहरीनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले हाते गलैचा बुनाई उद्योगको अनुगमन पछि यस्तो सिपबाट आफु प्रभावित भएकाे बताउनुभयो । कर्णाली प्रदेशको बीरेन्द्रनगर नगरपालिकामा वडानं. ४ भैरवस्थान सुर्खेतमा रहेको हाते गलैचा बुनाई उद्योगको अनुगमन प्रश्चात यस्ताे कुरा अप्रेसन खवरको भेटमा गर्नु भएको हो ।
जिल्लाको नरहरीनाथ गाउपालिका ९ वटै वडाका इच्छाशक्ति र अभिरुचि भएका महिलाहरुका लागि हाते गलैचा बुनाई सिप बिकास तालिम सञ्चालन गरि प्रत्येक वडाका करिव २० जना बेरोजगार महिलाहरुलाई उक्त सिप बिकास तालिम मार्फत सफल महिला उद्यमी बनाउन नरहरीनाथ गाउपालिका सरकार तयार रहेको गाउपालिका अध्यक्ष बिष्टले बताउनुभयो ।
गाउमा प्राय पुरुषहरु धन कमाउन बाहिरीने भएकाले घरधन्दा चलाउन महिलाहरुलाई धौ धौ पर्ने हुँदा यस्तो सिप बिकास तालिम तथा हाते गलैचा बुनाईले सवैलाई आत्मनिर्भर बनाई घरपरिवार तथा छोराछोरीको समस्या समाधान गर्न सकिने जोहो जुटाउनका लागि भएपनि यस्तो तालिमको आयोजना गर्ने उद्धेश्यले अनुगमन गरेको बताउनुभयो । अनुगमनका क्रममा नेपाल रेडक्रश शोसाइटि कर्णाली प्रदेशका कोषाध्यक्ष कटकबहादुर शाहीको समेत उपश्थिती रहेको थियो ।
Discussion about this post