बैशाख १५ सुर्खेत । कालिकोट जिल्लाको ९ वटै पालिकामा रहेका बेरोजगार महिलाहरुका लागि हाते गलैचा बुनाई सिप मार्फत बेरोजगारी समस्या कम गर्ने महिला उद्यमी मधु शाहीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय कालिकोटमा भर्खरै दर्ता गरेको महिला उद्यमी संघ कालिकोट मार्फत जिल्लाका सम्पुर्ण पालिकामा रहेका इच्छुक महिला उद्यमी बन्न चाहानेहरुका लागि स्थानीय तह सँगको समन्वयमा सिप बिकास तालिमको आयोजना गरी एक पालिकामा पहिलो पटक २० जना महिला उद्यमी तयार पार्ने बताउनुभयो ।
केही बर्ष देखी जिल्लाको सदरमुकाम मान्ममा रहेर सिलाई कटाई मार्फत आफुलाई सफल महिला उद्यमी बनाएको मधु शाहीको भनाई छ । हाल कर्णाली प्रदेशको बीरेन्द्रनगर नगरपालिका वडानं. ४ भैरवस्थान सुर्खेतमा कर्णाली महादेव ड्राइभिङ्ग तालिम सेन्टरका साथै हाते गलैचा बुनाई उद्योग सञ्चालन गरिरहेको बताउनुभयो । महिला उद्यमी मधु शाहीको इच्छा आफु जस्तै हजारौ बेरोजगार महिलाहरुलाई हाते गलैचा बुनाई सिप सिकाएर सफल महिला उद्यमी बनाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउने बनाउनुभयो ।
उहाँले भन्नुभयो । अझै पनि समाजमा महिलाहरुले हेपिएर बस्नुपर्ने दोस्रो दर्जाको नागरिकको रुपमा बस्नु पर्ने, बच्चा जन्माउने मसिनको रुपमा मात्र प्रयोग गर्ने पुरुषबादी सोचका बिरुद्ध लड्न सक्ने भनेको नै अबको यूगमा सिप भएकाले सयौं महिलाहरुलाई सफल उद्यमी बन्न सिप हस्तान्तरण अभियान आफनो प्राथामिक्तामा राखेको स्पष्ट पार्नुभयो । केही दिनमै कालिकोट जिल्ला लगाएत कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा हाते गलैचा बुनाई तालिम सञ्चालन गरि प्रत्येक पालिकामा पहिलो पटक करिव २० जना महिलाहरु उत्पादन गर्ने बताउनुभयो ।
Discussion about this post