असोज २४ कालीकोट । जिल्लाको पलाँता गाउपालिका वडानम्वर ७ भेरा गडवाली हुदै दुर्षि खोला बग्ने बिरीगाड खोलामा बाढी आँउदा दुर्षी आसपासको बस्ती बगाउनुका साथै वडा कार्यालय समेत बगाएको छ ।
वडा अध्यक्ष कलबहादुर बमका अनुसार वडा कार्यालय, करन बिष्टको घर, नक्क बमको घर लगाएतका घरहरु सवै वगाएको बताउनु भयो । मानविय क्षति नभएपनि घरमा र कार्यालयमा रहेको सम्पुर्ण जिन्सि तथा नगद सवै बाढीले बगाउदा स्थानीय बासिहरु लोडे जिउलामा ओद लागेर बसिरहेको बताउनु भयो ।
बमका अनुसार वडा कार्यालयमा रहेको सम्पुर्ण कार्यालयको सामान लगाएत केही नगद रुपियाँ समेत बगाएको स्थानीयलाई उदृत गर्दै वडाअध्यक्ष कलबहादुर बम उमेशले जानकारी दिनु भयो । बमका अनुसार दुर्षीलघु जलबिधुत्त आयोजनाको मुल र नहर समेत बगाएको बताउनु भयो ।
उद्धारका लागी स्थानीय बासी तथा अन्य सरोकारवालाहरु लागी परेको र हेलीको समेत पहल गरेको जानकारी दिनु भयो ।
Discussion about this post